Sunday 8th November 2026

विष्णु दाहालका पाँच मुक्तकहरू


१.
नयाँ मान्छे देखेपछि खुबै हत्ते गर्छन् ।
सेवाग्राही हो भने झन मरिहत्ते गर्छन् ।
रित पुगेको फाइल पनि अड्काउनेहरू
घुस खान पाए मात्र काम फत्ते गर्छन् ।

२.
दन्तलहर देखाएर हिमाल हाँसे मात्र ।
डाँफे मुनाल कस्तुरी र मयुर नाचे मात्र ।
हामी पनि हाँस्न अनि नाच्न गाउन सक्छौँ
स्वर्गभन्दा प्यारो हाम्रो देश बाँचे मात्र ।

३.
जिन्दगी त नाटक न हो प्रदर्शन आफैँ हुने ।
नजाने नि जानेजस्तै प्रहसन आफैँ हुने ।
नट आफैँ नटी आफैँ विदुषक नि आफैैँ
आफ्नो कथा श्रवण आफैं दर्शन आफैं हुने ।

४.
कतै दुनियाँ भोग र विलासमा रमाएको छ ।
कतै दुनियाँ रक्सीको गिलासमा रमाएको छ ।
रोग र शोकले संसार आक्रान्त भए पनि
स्वार्थी दुनियाँ हर्ष र उल्लासमा रमाएको छ ।

५.
निरस भई बाँच्नु भन्दा मर्नु निको हुन्छ ।
फूलले पनि ओइलाएर झर्नु निको हुन्छ ।
तड्पिएर रुञ्चे हाँसो हाँसिराख्नु भन्दा
हाँसीहाँसी आत्महत्या गर्नु निको हुन्छ ।

-विष्णु दाहाल
इनरुवा ५, सुनसरी


सम्बन्धित शीर्षकहरु

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणलाई लक्षित गर्दै नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेज प्रस्ताव…

दीपावली दक्षिण एसियाको साझा सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो। हिन्दू, जैन र केही बौद्ध समुदायले पनि आ–आफ्नै धार्मिक तथा ऐतिहासिक…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन…

प्रतिकृयाहरू
...