Thursday 2nd April 2026

विष्णु दाहालका पाँच मुक्तकहरू


१.
नयाँ मान्छे देखेपछि खुबै हत्ते गर्छन् ।
सेवाग्राही हो भने झन मरिहत्ते गर्छन् ।
रित पुगेको फाइल पनि अड्काउनेहरू
घुस खान पाए मात्र काम फत्ते गर्छन् ।

२.
दन्तलहर देखाएर हिमाल हाँसे मात्र ।
डाँफे मुनाल कस्तुरी र मयुर नाचे मात्र ।
हामी पनि हाँस्न अनि नाच्न गाउन सक्छौँ
स्वर्गभन्दा प्यारो हाम्रो देश बाँचे मात्र ।

३.
जिन्दगी त नाटक न हो प्रदर्शन आफैँ हुने ।
नजाने नि जानेजस्तै प्रहसन आफैँ हुने ।
नट आफैँ नटी आफैँ विदुषक नि आफैैँ
आफ्नो कथा श्रवण आफैं दर्शन आफैं हुने ।

४.
कतै दुनियाँ भोग र विलासमा रमाएको छ ।
कतै दुनियाँ रक्सीको गिलासमा रमाएको छ ।
रोग र शोकले संसार आक्रान्त भए पनि
स्वार्थी दुनियाँ हर्ष र उल्लासमा रमाएको छ ।

५.
निरस भई बाँच्नु भन्दा मर्नु निको हुन्छ ।
फूलले पनि ओइलाएर झर्नु निको हुन्छ ।
तड्पिएर रुञ्चे हाँसो हाँसिराख्नु भन्दा
हाँसीहाँसी आत्महत्या गर्नु निको हुन्छ ।

-विष्णु दाहाल
इनरुवा ५, सुनसरी


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...