Thursday 22nd January 2026

एनआरएनए १०औं विश्व सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा


तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलन आगामी अक्टोवर तेस्रो सातामा हुने भएको छ। गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघको शनिवार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

बैठकले सो सम्मेलन सम्पन्न गर्न अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गर्ने निर्णय समेत गरेको छ। संघले आगामी अक्टोवरमा हुने नयां नेतृत्वको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ। बैठकले संघको महाधिवेशन प्रतिनिधी शुल्क समेत शुन्य कायम गर्ने निर्णय गरेको छ। यसअघि संघको केन्द्रिय महाधिवेशन दर्ता शुल्क प्रतिव्यक्ति २ सय डलर थियो।

बैठकले गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको संघले जनाएको छ। बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ।

नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...