Monday 30th March 2026

प्रधानमन्त्री देउवाद्वारा आजै प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी


तितोपाटी- प्रधानमन्त्री शेरबहादुुर देउवाले आज विश्वासको मत लिने तयारी गरेका छन ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । संविधानको धारा ७६ को ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिन लागेको संसद सचिवालयले जानकारी दिएको छ । सभामुख अग्नीप्रसाद सापकोटालाई विश्वासको मत लिने सम्बन्धनमा सरकारले जानकारी गराइसकेको छ ।

विश्वासको मत सम्बन्धी प्रस्ताव सरकारले संसद सचिवालयमा दर्ता गरिसकेको छ । सर्वाेच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन । देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १ सय ४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन । विश्वासको मत पाउन नसकेमा देउवा कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन । विश्वासको मत लिन असफल भए देउवाले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

बहुमत सांसदबाट विश्वासको मत पाए भने देउवाले प्रतिनिधि सभाको पूरा कार्यकाल नियमित सरकारको नेतृत्व गर्न पाउनेछन । प्रतिनिधि सभाको अव डेढबर्ष कार्यकाल बाँकी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...