“झरदेखि झरनासम्म ,हाम्रो यात्रा सागरसम्म”
झरना = दश झर
१. बुझ्नु सानो थिए त सबै खोज्छ्न् हिँडाउन
ठूलो भए सब खोज्छ्न लडाउन ।
२ . कहाँ छ यहाँ बालअधिकार
कतै हत्या त कतै बलात्कार ।
३. कयौं खुट्किला पार गर्दै
अनन्त यात्रा हिड्नुछ तर्दै।
४. बाबु तिमी सधैं बन्नु असल
बाधा अबरोधमा पनि नबन्नु कमसल ।
५. सन्तानको खुसीले शिखर चुम्छ
तिम्रो प्रगतिमा आत्मा खुसी हुन्छ ।
६. संस्कार सिक्दै समयमा चल्नु
राम्रो नराम्रो पहिल्याई अघि बढ्नु ।
७. सधैं राम्रो गर्दै जानु राख्नु ठूलो मन
बुबा-आमालाई सन्तान राम्रो देख्नु ठूलो धन ।
८. तिमीलाई सधैं आशिर्वाद अपार
दु:खमा बुबा-आमा अलपत्र नपार ।
९. बुझ्नेछौं पक्कै उनको मनको घाउ
हँसाई तिमिले मलमपट्टी लाऊ ।
१०. असल बनी आँखामा अटाऊ
वृद्धअवस्थामा आश्रम नपठाऊ।
🖋️मिलन के.सी.(थापा)
पोखरा