उदक अभ्यास : भाग ८
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०४-०२ गते शनिवार
सहभागी सङ्ख्या : ६३ जना
उदक अभ्यास अन्तर्गत प्रशिक्षक आर्त अकुलीनबाट आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो सोही अनुसार सहभागी सम्पूर्ण स्रष्टाका उदकहरू यहाँ प्रकाशित गरिएको छ । सहभागी सम्पूर्ण सर्जकहरूलाइ प्रशिक्षक आर्त अकुलीनले हार्दिक बधाई तथा शुभकामनाका साथ धन्यवाद व्यक्त गरेका छन् ।
१
प्रकृति
स्वर्गीय आनन्द
छन यहाँ परमानन्द !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३,काभ्रे
२
तालमा
पोखिएको छटा
आहा कति सुन्दर !
✍️ हृदय लेकाली, भैरहवा
३
हिमताल
हिमालको छाया
लाग्ने बिछट्टै माया !
✍️ राम न्यौपाने, कैलाली
४
हुबहु
झल्किन्छ प्रतिबिम्ब
निश्चल फराकिलो सागर !
✍️ समुन्द्रा शर्मा, सुनसरी
५
कहानी
मौन सागरमा
पोखिएर तिम्रो जवानी !
✍️ टुकादेवी आचार्य, शुक्लागण्डकी, तनहुँ
६
सरोवर
हिमालको छाया
मेरो देशको माया !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
७
आहा
सुन्दर सन्सार
वास्तविकतामा दृश्य अनेक !
✍️ ईश्वरी अधिकारी, लमजुङ
८
तालमा
मोहनी रूप
घुलेको माया जालमा !
✍️ रमेश प्रभात, चितवन
९
आहा
स्वच्छ ताल
रविसँगै मुस्कुराउँदा हिमाल !
✍️ अन्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु
१०
सौन्दर्य
प्राकृतिक वर्णन
प्रकृतिको काखमा जीवन !
✍️ दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौं
११
हिमाल
चाँदी टल्किएको
ताल क्षितिजको सुन्दरता !
✍️ तेजप्रसाद खनाल, लमही, दाङ
१२
ताल
प्राकृतिक सुन्दरता
मनमाेहक विचित्र प्राणीको !
✍️ रामसुन्दर थारु, कैलाली
१३
हिमाल
स्वर्गको टुक्रा
धर्तीमा मेरो नेपाल !
✍️ दिवाकर भट्टराई, तनहुँ
१४
राम्रो
सुन्दर तस्बिर
आँखाभित्र सुटुक्क पसेको !
✍️ नारायण कोइराला, तानसेन,पाल्पा, हाल : यूएई
१५
प्रकृति
सुन्दर हिमताल
जनमानसमा सच्चा संस्कृति !
✍️ चन्द्रकला अधिकारी, पाँचथर
१६
हेरेर
सुनौला रवि
कविता लेख्छन् कवि !
✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली
१७
आकाश
हिमालको चुचुरो
सागर भानुको लालिमा !
✍️ शिव खनाल जीवम, रुपन्देही
१८
हिमाल
भरिभराउ ताल
सुन्दर शान्त नेपाल !
✍️ सागर कुस्मी, कैलाली
१९
सुन्दर
सूर्यको लाली
निश्चल पानीको ताल !
✍️ खेमराज पुरी, कैलाली
२०
हिमाल
सुन्दर ताल
आहा मनमोहक दृश्य !
✍️ रविन भण्डारी, मोरङ
२१
हिमाल
पानीमा प्रतिबिम्ब
उँचो शिर नेपालको !
✍️ सविता के. सी., काठमाडौँ
२२
लालिमा
बिहानी घाम
टलक्क टल्केको हिमाल !
✍️ तिला लेकाली, मोरङ
२३
गर्भाकृति
सुनौलो विहानी
पारदर्शी छाया आकृति !
✍️ होमप्रसाद न्यौपाने, धरान
२४
ताल
प्राकृतिक हिमाल
अनुपम दृश्य उषाकाल !
✍️ मञ्जु बस्नेत, खोटाङ, हाल: सूर्यबिनायक-१, भक्तपुर
२५
हिमशृङ्खला
सुन्दर सरोवर
आहा आनन्दित मनोहर !
✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ
२६
मनमोहक
प्राकृतिक सौन्दर्य
पहिचान हाम्रो देशको !
✍️ सावित्रा अधिकारी, काठमाडौ
२७
धरणी
व्याेमकाे आभा
सम्मिलन सुन्दर छटा !
✍️ खलवीर नाराज, तनहुँ
२८
साँझमा
उषाको लाली
प्रतिबिम्बित हिमाल तालमा !
✍️ पशपति राई, काठमाडौं
२९
साैन्दर्य
प्राकृतिक छटा
सुन्दर देशकाे पहिचान !
✍️ सुरेशचन्द्र घिमिरे, लमजुङ
३०
प्रकृति
मनमोहक दृश्य
हिमाल अग्नीमा पानी !
✍️ दीपकराज गौतम, कैलाली
३१
दृश्य
सुनौलो नभाकास
पारदर्शीताको छवि अनुपम !
✍️ कमला देवकोटा, पाल्पा
३२
हिमाल
निर्भय पर्वत
मेरो उज्वल प्रतिबिम्ब !
✍️ विजय सिंह मायाल, कैलाली
३३
प्रकृति
हिमालको पानी
तालभित्रको सुन्दर क्षितिज !
✍️ सुजिता के.सी., काठमाडौँ
३४
पहाड
रङ्गिन दुनियाँ
क्षितिज पारी घामाइलो !
✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, हाल : युगाण्डा
३५
आकाश
जल जमिन
छाँयामा बिम्ब प्रकाश !
✍️ राेशन पराजुली, धरान, सुनसरी
३६
प्रभात
स्वर्णिम लालिमा
पर्वतराजको मृदुल मुस्कान !
✍️ वेदप्रसाद रिजाल, इलाम
३७
रङ्गीन
सुन्दर बिहानी
छायाँमा हिमालको आकृति !
✍️ लक्ष्मी उपाध्याय, धादिङ
३८
प्रकृतिको
अलौकिक दृश्य
मन मस्तिष्क कब्जा !
✍️ रामचन्द्र भट्टराई, पोखरा
३९
सन्ध्याकाल
क्षितिजको घाम
जीवनको प्रतिबिम्ब तलाउ !
✍️ डीपी दोभान, कैलाली
४०
सागर
प्रतिबिम्ब क्षितिजको
रमणीय देखिन्छ सङ्ग्रह !
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
४१
हिमाल
उदयास्त दृश्यको
सौन्दर्य टिलपिल ताल !
✍️ नानीमाया सुनुवार, उदयपुर
४२
आहा
प्रकृति मनोरम
सभ्य संकृतिको उद्गम !
✍️ घनश्याम पौडेल, पोखरा
४३
अरुणोदय
हतार अनुभूति
धर्तीलाई अङ्गालोमा कस्न !
✍️ खगेन्द्र बस्याल, रुपन्देही
४४
हिमाल
सदा अटल
जलमा प्रतिबिम्ब झलल !
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
४५
प्रकृति
अनौठो दृश्य
ताल हिमाल सूर्यास्त !
✍️ रिता खराल , रुपन्देही
४६
अनुपम
आकर्षक दृश्य
सूर्यास्त घामको किरण !
✍️ कविता आचार्य, कैलाली
४७
मनाेरम
सुनाैलाे आकाश
प्रतिबिम्बित हिमाली ताल !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
४८
प्रकृति
अनुपम दृश्य
मनको कुना कुनामा !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
४९
अदृश्य
देखिन्छ प्रकृति
लीला कण कणमा !
✍️ सुशिला पौडेल, काठमाडौं
५०
प्रकृति
आहा मनै
लोभ्याउने सुन्दर दृश्य !
✍️ सरस्वती श्रेष्ठ, इटहरी
५१
आहा
स्वर्णिम क्षण
मन यो समर्पण !
✍️ कृष्ण दास जोशी, मेरिल्याण्ड, अमेरिका
५२
तलाउ
सबैले बचाउ
प्रकृतिलाई कसैले नचलाउ !
✍️ विनोद विरही, दैलेख
५३
प्रतिबिम्ब
जलाशयमा क्षितिज
जल्दो पृथ्वी नजिक !
✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
५४
सुन्दर
पानीको ताल
घाम लागेको बिहान !
✍️ पुष्पा सायरा, बिराटनगर
५५
बिदाइ
हुँदैछ आदित्य
छर्दाछर्दै प्रकृतिमा लालित्य !
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गोरखा
५६
नेपाल
स्वर्गकाे टुक्रा
प्रकृतिको आनुपम उपहार !
✍️ रामराजा के. सी., फर्पिङ, काठमाडौं
५७
पर्वत
तालको भित्र
प्रतिबिम्ब कैद भएको !
✍️ राजकुमार राजभण्डारी, ठिमी, भक्तपुर
५८
लालिमा
हिमालको प्रतिछायाँ
सुन्दर शान्त तलाउ !
✍️ गोपालप्रसाद पौड्याल, काठमाडौं
५९
सुनाैलाे
बिम्बमा हिमाल
सुन्दर तलाउ झल्किएको !
✍️ मुना दाहाल, सर्लाही
६०
सन्ध्याकाल
रविको किरण
लाली पोखियो छताछुल्ल !
✍️ वासुदेव ठकुरी, काठमाडौं
६१
प्रकृति
गाेधूलि साँझ
इन्द्रेणी रङ्ग आकृति !
✍️ लता पौड्याल, इलाम
६२
प्राकृतिक
सूर्यास्तको दृश्य
अनुपम जीवन्त तस्बिर !
✍️ आर्त अकुलीन, कैलाली
६३
हिमाल
सुन्दर छवि
तालको गहिराइमा बसी !
✍️ विजया घिमिरे, जनकपुर