च्वास्स बिझ्ने शब्द बचन सङ्गै रोए ।
अचम्मै भयो दिलको चोट सङ्गै रोए ।
सुन्ने कोही निस्केन चित्कार मेरो त्यहाँ,
एक्लै बसेर एकान्त रात सङ्गै रोए ।
१
सत्य पनि सबै भागी गयो ।
अधर्मीको पछि लागि गयो ।
गरीबको पुकार सुन्ने नी कस्ले,
संसार नै लाचार भएर गयो ।
२
सुकेको पात बनेको छु झरेको छैन् ।
दु:ख-बेहालमा परेको छु मरेको छैन् ।
इश्वर होईन सानो गल्ती होला मेरो नी,
तर तिमीले झै जानी-जानी गरेको छैन ।
३
-शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा