Wednesday 14th October 2026

अन्जिता राउतका केही मुक्तकहरू


मुक्तक
====

१.
बिहान बेलुकी घर धन्दा चुलोमा हुन्छिन् मेरि आमा
सिँगार्न घर करेसाबारी धुलोमा हुन्छिन् मेरि आमा
साँझ बिहान सन्तान आफु पालिन ~पसिना चुहाउँदै
दिनभर कठै खेतबारी कुलोमा हुन्छिन् मेरि आमा।।

२.
कुरा काट्नेहरुको मुख टालेर देखाउनु छ
कुसमाजको अन्धविश्वास फालेर देखाउनु छ
छोरीको हक लाग्दैन भन्ने समाजको ~अगाडि
दिएर सुख शान्ति बाआमा पालेर देखाउनु छ।।

३.
आफ्नै भनौदाहरुले पछार्ने दाउ हेरिरहेका हुन्छन्
उम्कनै नसक्ने जालमा पार्ने दाउ हेरिरहेका हुन्छन्
याद राख्नुहोस् महोदय दुईचार कदम मात्र अघि बढे
खुट्टा नै तानेर ओरालो झार्ने दाउ हेरिरहेका हुन्छन् ।।

४.
के छ सोध्दा ठिकै छ भनी आफ्नो बेहाल लुकाउने मै हुँ
पिडाले पोल्दा बढेको मुटुको चाल ~~ लुकाउने मै हुँ
साँचो बोले खित्का छोडी दुनियाँ हाँस्ला कि भन्ने डरले
सहेर चोट परेलिमा आँसुको ताल लुकाउने मै हुँ।।

५.
जनताको आलो घाउमा मलम दल्न नसक्ने सरकार
तय गरेका नीति बमोजिम चल्न नसक्ने सरकार
आँखामा कालो पट्टी बाँधेर के बस्छौ बेकार सत्तामा
हारालुछ कुर्सी बाहेक पीडामा गल्न नसक्ने सरकार ।।

…..✍️
-अन्जिता राउत
नेचा सल्यान ५ सोलुखुम्बु
हाल लोकन्थली भक्तपुर


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...