Wednesday 18th February 2026

एनआरएन स्पेन निर्वाचनमा “म सबैको साझा उमेद्वार हुँ”– उत्तर कुमार राई


तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् ।

अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने बताएका छन् । एनआरएनए स्पेनको बर्तमान उपाध्यक्ष रहेका राईले एनआरएन अभियानमा आफुले अहिलेसम्म कुनै पक्षमा नलागि निश्पक्ष रुपमा समुदायको हीतमा लागेकोले आफुलाई सबैको समर्थन रहेको बताए ।
उनले आफु कुनै एक पक्षको मात्रै नभएर सवैको साझा उमेद्वार भएको बताएका छन् ।

यसअघि एनआरएनए म्याड्रिड क्षेत्रको सफल नेतृत्व गरिसकेका राईले अब पुरै एनआरएनए स्पेनको नेतृत्व गरेर समाजलाई निश्पक्षता र आदर्शको सन्देश दिने बताएका छन् । उनले एनआरएनएको नेतृत्वका लागि आफु अध्यक्ष हुनका लागि मात्रै उमेद्वारी दिएको नभै एनआरएनए र स्पेनको नेपाली समाजको बारेमा एउटा सपना र भिजन लिएर आएको बताए ।

उनले आफ्नो प्रमुुख उद्देश्य भनेको नै एनआरएनएलाई विशुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउने रहेको बताएका छन् । यस्तै युवा र नयाँ पुस्तालाई एनआरएन अभियानमा आकषर््िात गर्ने खालका विभिन्न नयाँ योजना र कार्यक्रम आफुसँग रहेको उनले बताए । यस्तै एनआरएनएलाई दोश्रो पुस्तामा हस्तान्तरणका लागि बाटो खोल्न, नेपाली र स्पानिस समुदायबीच सम्बन्ध बढाउन, नेपालीहरुको समस्यामा एनआरएनएले मुख्य अभिभाबकको भुमिका निभाउन, नेपालको पर्यटन प्रर्बद्धनका
लागि नेपाल र स्पेनको बीचमा पुलको काम गर्न र धेरै अगाडीदेखिको योजनाको रुपमा रहेको नेपाल हाउस बनाउन आफ्नो मुख्य ध्यान रहने उनले बताएका छन् ।

नेपालको पुर्वी धरानमा जन्मिएका राई विगत २४ वर्षदेखि स्पेनको म्याड्रिडमा बस्दै आएका छन् । हाल म गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्पेनको उपाध्यक्ष रहेका राई नेपालीका विभिन्न समस्यामा संस्थागत रुपमा हातेमालो गर्न र मातृभुमी नेपालका लागि आवश्यक परेको बेलामा सहयोगको लागि अभियानमा सधै अग्रभागमा रहेर काम गरिरहेका छन् । एनआरएनए क्षेत्रीय समिती म्याड्रिडको अध्यक्षको रुपमा रहँदा स्पेनको समुदाय र सरकारी निकायसँग मिलेर उनले नेपाली समुदायका लागि धेरै उदाहरणीय काम गरेका छन् ।

लामो समयदेखि स्पेनमा रहेकोले उनले नेपाली समुदायमा मात्र नभै यहाँको स्पानिस समुदायसँग पनि विभिन्न तरिकाले ब्यक्तिगत र संस्थागत रुपमै जोडिएर काम गरेका छन् । यसले नेपाली समुदायलाई यहाँको स्पानिस समुदायसँग घुलमिल बनाउने र नेपाली समुदाय र स्पानिस समुदायलाई जोड्ने पुलको काम गर्न सफल भएको उनको भनाई छ । राईले करिब ८ वर्षसम्म स्पानिस मजदुर संगठन (युजिटी) प्रतिस्ठान अध्यक्ष भएर नेपाली, स्पानिस र अरु विदेशी कामदारको पक्षमा समेत धेरै काम गरेका छन् । स्पानिस भाषा सिकाइका लागि सवै तहको अध्ययन पुरा गरिसकेका राईले यहाँको चर्चित पत्रिका एल पाइसको लागि भाषा अनुवादकको काम पनि गरेका थिए ।

एनआरएन अभियानसँग जोडिएर नेपाली समुदायसँगै यहाँको विभिन्न स्थानीय संघसस्था र गतिविधिमा जोडिएर मैले नेपाली समुदायको चिनारी र नेपालीको इज्जत, सम्मानका लागि पनि भुमिका खेलेको उनले बताए छन् । गैर आवासीय नेपाली संघ, स्पेनको यही जुलाई २६ तारिकमा हुन लागेको अधिबेशन मार्फत समाजसेवाको आफ्नो लगावलाई थप हौसला प्रदान गर्न आगामी कार्यकाल २०२१–२३ को लागि अध्यक्ष पदमा सहयोग गर्न उनले सवै स्पेनबासी नेपालीसँग आग्रह गरेका छन् ।

आफु ब्यक्तिमा भन्दा पनि समाज र समुदायमा विश्वास गर्ने ब्यक्ति भएकोले विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसको फाइदा केही ब्यक्तिलाई भएपनि त्यसको नोक्सान समुदायलाई हुने भएकोले सहि र सत्यको पक्षमा बुझेर लाग्न उनले सवैलाई आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

प्रतिकृयाहरू
...