Tuesday 20th January 2026

लीला के सी (पृथा) को गजल संग्रह – १


गजल
###

आफूसंग कहिल्यै पनि हार्न नपरोस् ।
अरूसँग मागेर छाक टार्न नपरोस् ।

सानो ठुलो हुदैन काम सधै व्यस्त बनु
स्वार्थको लागि किरा नि मार्न नपरोस् ।

मान्छे मान्छेमा पिडा सबैको एकै हो
कहिल्यै बुझेर अप्ठ्यारो पार्न नपरोस् ।

जे भन्छ भनोस् दुनियाँले पर्वाह छैन
फाल्तु कुरा सिकेर गाउँ चार्न नपरोस् ।

जसलाई चोखो प्रेम गर्छु उही हो मेरो
एउटाको माया अरुलाई सार्न नपरोस् ।

-लीला के सी (पृथा)
बाँके कोहलपुर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...