Thursday 2nd April 2026

लीला के सी (पृथा) को गजल संग्रह – १


गजल
###

आफूसंग कहिल्यै पनि हार्न नपरोस् ।
अरूसँग मागेर छाक टार्न नपरोस् ।

सानो ठुलो हुदैन काम सधै व्यस्त बनु
स्वार्थको लागि किरा नि मार्न नपरोस् ।

मान्छे मान्छेमा पिडा सबैको एकै हो
कहिल्यै बुझेर अप्ठ्यारो पार्न नपरोस् ।

जे भन्छ भनोस् दुनियाँले पर्वाह छैन
फाल्तु कुरा सिकेर गाउँ चार्न नपरोस् ।

जसलाई चोखो प्रेम गर्छु उही हो मेरो
एउटाको माया अरुलाई सार्न नपरोस् ।

-लीला के सी (पृथा)
बाँके कोहलपुर


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...