Wednesday 11th March 2026

कविताः व्यथा -कुंज देवी उपाध्याय


कालो बादलले आकाश छोपेको दिन
म आफ्नै आँखा खोज्दै
छटपटाउदै
घुमिरहन्थे
तिम्रो यात्राको
सहभागी बन्न नसकेर
बिस्तारै
भित्र पस्न लागे
हराउँन लागे झै डर लाग्यो
ओठ सुक्दै आए
आवाज हरायो
एउटा श्राप परेको ढुंगो झै
एकै ठाउँमा मेरो ठेगाना लेखियो
जिन्दगी को
जताततैबाट डरलाग्दा आवाज़ आए
मन कम्पमान हुन लाग्यो
तिम्रो उपस्थिति को झझल्कोमा
रात्रि को अँध्यारोमा आफ्नु कलेजो छाम्दै
सोचेंँ
म जिउॅदैछु?

हो त,

धड़कन बाँकी छ शरीरमा
मर्नुको निम्ति जिँउदो हुनु पर्छ
प्रतिध्वनि आउँछ आफनै श्वास को भित्ता मा ठोकिएर
यादको सहारा मा
मृत्युको प्रतिक्षा गर्दै
व्यथाहरु पालन गर्ने जिउदो लाश हो एक्लो पन।

कुंज देबी उपाध्याय
शिवसागर।
आसाम , भारत।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...