बहर- जदिद मुसद्दस मख्बुन
शिवजीको शिरमा जल चढाइयो ।
प्रभुको चिन्तनले शान्ति पाइयो ।
गुरुद्वारा अनुभवको सबै कुरा
सहयोगी तरिकाले सिकाइयो ।
सहपाठी अवलोकन गरेर नै
नतिजामा परिवर्तन गराइयो ।
अब आफ्ना जति टाढा हुँदै गए
गरिबीमा नमिठो चोट खाइयो ।
सपनामा पनि साट्दै छु भावना
पिर जति आज खुलेरै बताइयो ।
-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ