Thursday 2nd April 2026

धर्मिला कार्कीको गजल संग्रह – २५


बहर- जदिद मुसद्दस मख्बुन

शिवजीको शिरमा जल चढाइयो ।
प्रभुको चिन्तनले शान्ति पाइयो ।

गुरुद्वारा अनुभवको सबै कुरा
सहयोगी तरिकाले सिकाइयो ।

सहपाठी अवलोकन गरेर नै
नतिजामा परिवर्तन गराइयो ।

अब आफ्ना जति टाढा हुँदै गए
गरिबीमा नमिठो चोट खाइयो ।

सपनामा पनि साट्दै छु भावना
पिर जति आज खुलेरै बताइयो ।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...