Thursday 2nd April 2026

कविताः छोरीको गुहार -हृत्तिक शर्मा


गर्भमा छु आमा तिम्रो
मलाई जन्मिन देऊन्
धेरै माया गर्छु तिमिलाई
समाजलाई भनिदेउन ।

उज्यालो पार्छु तिम्रो नामलाई
बाबालाई भनिदेउन
छोरो भन्दा ठुलो बन्छु
मलाई पनि जन्मिन देउन।

म पनि त तिम्रै वंश हुँ
मसँग पनि अंश छ तिम्रो
मेरो पनि दुइटा हात
दुइटा खुट्टा, दुईटा आँखा
भगवानले नै रचेका हुन्
अनि किन जगतले भन्छ
छोरी पराइ हुन्छन भनेर ?
आँखिर एउटै मातापिता
एउटै वंश, मेरो पनि त हो।।

मेरो रचना किन गर्यो ?
किन मलाई गर्भमा मार्छो?
धेरै पीडा हुन्छ आमा मलाई,
एउटै वंशमा भएर पनि मलाई तिमी मार्छो ।
एक पल्ट छाडी देउ मलाई
म आकाश छोएर देखाउँछु
मलाई पनि लेख्न पढ्न देउ
छोराको भन्दा धेरै कर्तव्य निभाउँछु।

एक थोपा आँसु पनि आउन दिन्न
तिम्रो आँखामा
मलाई पनि जन्मिन देउ,
मलाई पनि जन्मिन देउ।।

✍️हृत्तिक शर्मा
विश्वनाथ,असम,भारत
मोनाबारी गाउँ


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...