Thursday 17th September 2026

कविताः आहा कति सौन्दर्य तर … -बि. आर . उप्रेती


आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो
तर के गर्नु टुलुटुलु…….
गहना छ यहाँको नदी खोला र नाला
तर के गर्नु धेरै क्षति भयो यसै पाला
यहाँ बस्ती भिर पहरा मुनीको गाउँ
अनि खोला नदी र किनाराका ठाउँ

आहा कति सौन्दर्य तर …
थकाइ दिनभरको कुटो कोदालोको थियो
मिठो पिठोले पेट भरेको निंद थियो
बाढी र पहिरोले लिएछ ज्यान
यथा समयमा हाम्रो भएन ध्यान

आहा कति सौन्दर्य तर …
उजाड भए बस्ती र घरबार
पीडित भए यसरी बारम्बार
मिठा मिठा कति सपना थिए
भयो चकनाचुर सयौंले विदा लिए
आहा कति सौन्दर्य तर …

-बि. आर . उप्रेती
बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...