आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो
तर के गर्नु टुलुटुलु…….
गहना छ यहाँको नदी खोला र नाला
तर के गर्नु धेरै क्षति भयो यसै पाला
यहाँ बस्ती भिर पहरा मुनीको गाउँ
अनि खोला नदी र किनाराका ठाउँ
आहा कति सौन्दर्य तर …
थकाइ दिनभरको कुटो कोदालोको थियो
मिठो पिठोले पेट भरेको निंद थियो
बाढी र पहिरोले लिएछ ज्यान
यथा समयमा हाम्रो भएन ध्यान
आहा कति सौन्दर्य तर …
उजाड भए बस्ती र घरबार
पीडित भए यसरी बारम्बार
मिठा मिठा कति सपना थिए
भयो चकनाचुर सयौंले विदा लिए
आहा कति सौन्दर्य तर …
-बि. आर . उप्रेती
बारा, नेपाल