Sunday 11th October 2026

माओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई


तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

बैठकपछि एक नेताले रातोपाटीलाई भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...