Thursday 17th September 2026

वैद्यनाथ ठाकुरको झरना – ३


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

वर्गीय समाजमा वर्गीय माया हुन्छ
वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ ।। १ ।।

सबैको प्रिय हुन कहिल्यै सकिँदैन
सबैको मुटु छुन कहिल्यै सकिँदैन ।। २ ।।

बाख्रा बाघ एउटै हुनै सक्दैन
जेठ माघ एउटै हुनै सक्दैन ।। ३ ।।

वर्ग समन्वय शोषकको चाल हो
महल समृद्ध झुपडी कंगाल हो ।। ४ ।।

कोही हुने कोही नहुने होइन समानता
बराबरी भाग कहिले लगाउँदैन समता ।। ५ ।।

ठगेर झुपडीको भाग खान्छ महलले
आफूलाई भाग्यशाली ठान्छ महलले ।। ६ ।।

सितिमिति बुझिदैन शोषकको जाल
धर्म संस्कृतिको नाममा पार्छ कंगाल ।। ७ ।।

विकृतिलाई संस्कृति ठान्छन्
स्वर्ग नर्क भाग्य पूर्वजन्म मान्छन् ।। ८ ।।

विज्ञानको तथ्यले गर्दैनन् ज्ञानमा सुधार
धार्मिक अन्धविश्वास दिन्छन् उपहार ।। ९ ।।

चन्दा दान पूजाले पाप काट्न खोज छ
भ्रष्टाचारको रुपैयाँले जीवनभर मोज छ ।। १० ।।

वैद्यनाथ ठाकुर
वीरगन्ज


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...