Thursday 2nd April 2026

कविताः “अमुल्य मोती उही भानु” -गंगा लिगल


आध्यात्मिकता
जीवनको अमुल्य मोती हो
जसले जीवनमा परम सन्तुष्टि
प्रदान गर्दछ
यो अपार आनन्दको
सागर हो
जस्मा डुब्लुकी मार्दा
आत्मामा शुद्धताका साथै
अद्वितीय कृतिको पनि
मुहान  खुल्न जान्छ ।

भानु जन्मे पृथ्वीमा
अनि
प्रत्येक नेपाली जनमानसमा
आध्यात्मिकताको सागुरो बाटोलाई
बिशालता तिर
डोहर्याएर,
अनि
आध्यात्मिक रामायण
नेपाली मात्रको
केन्द्र बिन्दुको
रूपमा
बन्न पुग्यो ।

भने रामायण नायक राममा ,
उनले शक्ति, शील र सौन्दर्यले
ओतप्रोत गरे
जसले गर्दा
राम लोक नायक बन्न
सफल भए ।

सीताको गुण, लक्ष्मण चरित्र
अत्यन्तै सारगर्भित
एक आदर्श नारीको
एक अमुल्य गणनामा
सुभाशीत हुन पुग्यो
यो एक आकर्षणको
माध्यम हो ।

लक्ष्मणमा भातृ प्रेमले
ओतप्रोत गराई
सम्पुर्ण  सस्कार, मान्यता
आदर्शताको
सीमा भित्र रामायणलाई
गौरव गाथाको
सिढीमा राख्न सफल हुमु
भनेको
गरिमामय कदमको
पहिलो स्थान हो ।

पराकाष्ठाको रुपमा
जन समक्ष
सर्बोच्च रूपमा पनि
प्रष्ट भएको छ
“अमुल्य मोती
उही भानु
उही भानु
अमुल्य मोती
उही भानु ।”

-गंगा लिगल
भैरहवा ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...