Tuesday 20th January 2026

शिव कुमार रेग्मीका तीन मुक्तकहरू


मुक्तक
###
प्राकृतिक सौन्दर्य कै धनी हो पाल्पा जिल्ला,
१३७३वर्ग कि.मी.रहेको हाम्रो पाल्पा जिल्ला!
२ नगर पालिका र ८ गा.पा.छुट्याईएको यहाँ
सदर मुकाम तानसेन नै बनायो पाल्पा जिल्ला!!

करूवा,ढाका,बेतबाँस सामानले सजावट नै भयो,
चुकाउनी,बटुक र सेलरोटी मुख्य परिकार नै भयो!
रञ्जिका,रम्भादेवी,नारायणी,भगवती मन्दिर छन्,
त्यसैले पाल्पा नै नेपालको मुख्य तिर्थ स्थल भयो!!

श्रीनगर डाँडा बाट हिम-श्रृखला नै राम्रो देखिन्छ ,
चाँदमा गए पनि त्यहाँ मिहिनेती पाल्पाली देखिन्छ
मन मोहक प्राकृतिक धनि पाल्पा भएकै कारणले
संसार कै पर्यटक सुन्दर नगरी पाल्पा मै देखिन्छ !!

-शिव कुमार रेग्मी
पोखराथोक
पाल्पा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...