Saturday 15th November 2025

एमाले कार्यदल बैठक : छलफलविनै स्थगित, भोलि पुनः बस्ने


सत्तारुढ नेकपा (एमाले)मा देखिएको विवाद समाधान गरी पार्टी एकताका लागि गठन भएको कार्यदलकै बिहीबारको बैठक एजेण्डाविहीन भएको छ। एजेण्डाविहीन बनेको बैठक विना निश्कर्ष टुंगिएको एमालेका नेता एवं कार्यदलका सदस्य घनश्याम भुसालले बताए।

बिहीबार साँझ ७ बजे कार्यदलको बैठक बोलाइए पनि बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल उपस्थित नभएपछि बैठक बस्न नसकेको नेता भुसालले बताए। उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल मन्त्रिपरिषद् बैठकमा जानु परेको भन्दै कार्यदलको बैठकमा नआएपछि बिहीबारको बैठक टुंगिएको बताए। उनले भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डाहरु तय गरेका थियौं। गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं।’

उनले आजका लागि निर्धारण गरिएको बैठक नभएपछि शुक्रबारका लागि तोकिएको बताए। उनका अनुसार बैठक भोलि विहान ११ बजे बस्नेछ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

प्रतिकृयाहरू
...