पञ्चाङ्ग
१/
दिनमा भयभित हुदै हुँदिन रात जस्तो
रातमा मात्र तर्साउँन आउँछ हात जस्तो
त्रसित पनि कसरी नहुनु हेर्नुस् हजुर
हाउभाउ एकतमासको हुन्छ मात जस्तो
अनुभूति गराउँछ मलाइ त्यो घात जस्तो।
२/
कहिल्यै बुझ्न कोसिस गरिन भावना तिम्रो
अस्विकारी अपहेलना गरेँ चाहना तिम्रो
तिमी रहेछौ मेरो हितैषी अमूल्य बन्धन
बुझिन मैले आत्मिय रहेछ कामना तिम्रो
असमन्जस छुँ कसरी गरुँ सामना तिम्रो ।
३/
सधैंभरि सत्य नै बोल्नेछु गुनासो नगर्नु
विवरण त्यो तथ्य खोल्नेछु गुनासो नगर्नु
सभ्य साहित्यको परिमार्जन हुनैपर्दछ
कतिपय वाक्य नि मोल्नुछ गुनासो नगर्नु।
अतिनै अपाच्य ति पोल्नुछ गुनासो नगर्नु।
४/
सब मानव हितकारी उत्कृष्ट करण होस्
भुलबस गल्ती भएनी माफीको शरण होस्
अज्ञानतावश हुन्छन् कतिपय गल्तिहरु
महशुस हुँदा क्षमा दिन सक्ने चरण होस्
यो संसारबाट लोभ पाप बिना मरण होस् ।
५/
नेपालीपनको अस्तित्व मौलिक भाखामा छ
पाश्चात्यको नक्कलले सम्बन्धित पाखामा छ
विश्व सामु उजागर गर्नुपर्छ सकेसम्म
नेपाल भूमिको सार्वभौमिकता आँखामा छ
स्वाभिमान अटल आफ्नैपनको शाखामा छ।
शर्मिला श्रेष्ठ,ललितपुर
हालः अमेरिका