शीत:१
###
पाल्पा
आयो
शीत
चिन्यो
शीत
खायो
एक्लै
हिन्यो
तम्रा
हाम्रा
कुडा
गरौं
शीत
बोकौ
अघि
बढौ
एक
बोली
अर्को
बाचा
अनीपाल कार्की
मुगु
शीतः २![]()
###
पर्दा
पानी
रोई
सानी
बाढी
आयो
सबै
लग्यो
अन्न
छैन
के हो
खाने
घर
ढल्यो
कता
जाने
अम्बिका आचार्य
काठमाण्डौ
शीतः३![]()
###
राख
सदा
दिल
सफा
लोक
देख
काव्य
लेख
झरी
परी
चरी
मरी
टुना
मुना
दिल
कुना
जाँदा
मेला
परे
ठेला
बाेक्दै
भारी
खाेला
पारी
चन्द्रवती अधिकारी
बाँके
शीतः ४![]()
###
मेरो
माया
जुनी
भरि
बाच्नु
पर्छ
सधै
भरि
शीत
झर्न
थाल्यो
जति
चुरी
फुरी
बढ्यो
अति
मेरो
माया
जुनी
भरि
बाच्नु
पर्छ
सधै
भरि
इन्दिरा ज्ञवाली
शीत:५![]()
###
थियौ
हित
भयौ
मीत
खोला
भित्र
हुन्न
चित्र
माया
मार्यौ
छाँया
सार्यौ
देश
भक्ति
हुन्छ
शक्ति
पुष्पा नेपाल (सुवेदी)
इलाम