Friday 22nd August 2025

कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ


तीतोपाटी डटकम-२४ असार, धनगढी । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरेको बताए । घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए ।

१५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा कुलोको किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घरबदेखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको पनि एसपी अधिकारीले बताए ।

घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ।

लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाइ छ । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का विवेक बिष्ट बुधबार मृत अवस्थामा फेला परेका थिए ।

@अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

अगस्ट २०२५ – ईजरायलमा हालै तीव्र बनेको सैन्य मस्यौदा (मिलिटरी ड्राफ्ट) विवादका कारण हारेदी अर्थात् अति अर्थोडक्स यहुदी समुदाय सडकमा…

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

प्रतिकृयाहरू
...