गजल
###
गजलको माहा-सागरमा,ग को गजलमै सीमित हुने भए म।
चिनाउन खोजेको तिमिलाइ पनी हो,अपरिचित हुने भए म।।
अनुनय बिनय पनि,कहिले सम्म,कतिलाइ,कतिञ्जेल गर्नु
प्रीयमन तिम्रा आनाकानीले न भोक,न त धित हुने भए म।।
साच्चै अधुरै रहने भयो,अतृप्त कलमको,तृप्तीको अभ्यास
तिमी पारी,म वारि,मुना मदनको कारुणिक प्रीत हुने भए म।।
सायद यसरी सोच्यौ ,के लेखी रहनु,भाव एक,गजल अनेक
अधुरा सपनाहरुको चिसो शिरानीमा,कलंकित हुने भए म।।
अनुरोध फेरि पनि,आग्रह फेरि पनी,आशा-बादी छ दीपक
आउ तेल थपौ पानसमा,नत्र अध्याँरोको संगित हुने भए म।।
-दीपक मुडभरी “मित्र”
हेटौंडा ,मकवानपुर
हालः मेरिल्याण्ड,अमेरिका