Friday 3rd April 2026

लघुकथाः काम -पुष्पा नेपाल(सुवेदी )


पुजा !पुजा ! चिया छिटो देउन हो, जाबो एक कप चिया दिनपनि कति बेर लगाएको? पुजा बिहान‌ै पाँचबजे नै उठेर घरको सरसफाइ गरि ,नुवाइधुवाइ गरेर, पूजा सकी माथ्लो घरबाट भर्खर दूध लिएर आउँदै थिइ।

यता श्रीमान् जीले कराएको सुनेर हतार हतार एक कप तात्तातो चिया ओछ्यानम‌ै टक्राइ र भान्साको काम गर्न लागि । छोरी फेरि छोरी झर्किइ । “के आमा मेरो जुस अझै तयार छैन”? व्ययाम पनि सकाएर आइसके । छोरीलाई जुस खुवाइसक्दा श्रीमान र छोराको दोस्रोपटकको चिया पिउने बेला भैसकेको थियो। भान्साको पकाउने खुवाउने, सरसफाइ गर्ने तथा सबै परिवारले नुहाएर वाथरुममा छाडेका लुगा मेसिनमा राखिसकेपछि सुस्ताउँदै थ्याच्च श्रीमानको छेउमा बसी।

श्रीमानजी घरबाटै अनलाइन अफिसको काम गर्द‌ै हुनुहुन्थ्यो । पुजा किन अँध्यारो अनुहार पारेको । लौत एक कप मीठो चिया खुवाऊ,अघिदेखि पर्खिरहेको चिया खान।
श्रीमानलाई चिया पकाउँदै गर्दा अनलाइन पढ्दै गरेकी छोरी कराई, आमा भोक लाग्यो,आज म आलुपरौठा खाने है । छोराको माग छुट्टै थियो, पास्ता खाने ।

घरक‍ो यता र उता गर्दागर्दै रातको खाना खाएर धन्दा सकिदा १० बज्न लागिसकेको थियो । पुजा धन्दा सकेर आउँदा परिवारका सबै सदस्य युरोकप हेर्न टिभी अगाडि बसिसकेका थिए । यत्तिकैमा छोरीले सोधी, किन सन्चो छैन र आमा ? न्याउरो अनुहार छ नि ।”गलेर नि” उसले भनी । पुजाको जवाफ भुइँमा खस्न नपाउदै श्रीमानजीले भन्नुभयो ,तिमी आइमाईहरु पनि कामैबिना गल्छौ है।सँधै घरमै बसेर त्यही पकाउने खुवाउने त हो हामीजस्तो दिनहुँ अफिसको काम गर्नुपर्ने भए कसो गर्थ्यौ होला है ।

पुजा भने भगवानले महिलालाई काम नै नबनाई दिएकोमा दुःखी हुँदै सोच्न थाली । “साँच्चै म कुनै काम नगरी पनि किन गलेकी हुँला??????

 

-पुष्पा नेपाल(सुवेदी )
इलाम


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...