Friday 3rd April 2026

के. ई. ए. फरवानियाले बक्स क्रिकेट लिग प्रतियोगिताको पोष्टर सार्वजनिक गर्यो


तीतोपाटी – कासारगोड प्रवासी एसोसिएशन कुवैत (के. ई. ए.) फरवनिया क्षेत्रले बदर अल समा मेडिकल सेन्टरको सहयोगमा एकदिवसीय बक्स क्रिकेट लिग आयोजना गर्ने भएको छ भने सो प्रतियोगिताको पोष्टर एक समारोहको विच अाज सार्वजनिक गरिएको छ । केईए फरवानीयाले बक्स क्रिकेट लिग (बीसीएल) २०२१ का लागि पोष्टर सार्वजनिक गरेको हो ।

बदर अल समा मेडिकल सेन्टरमा उक्त पोष्टर सार्वजनिक गर्दै क्रिकेट खेलका विजेताहरुलाई रोलिङ ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिने पनि जनाइएको छ । मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा केईए अध्यक्ष श्री खलील अदूरले श्री अब्दुल अनस (व्यवसाय विकास संयोजक, बदर अल समा क्लिनिक) को उपस्थितिमा टूर्नामेंट लोगो र पोस्टर विमोचन गरेका हुन् ।

केईए अध्यक्ष श्री खलील अदूरले क्षेत्रीय अध्यक्ष श्री इकबल पेरुम्बट्टाको अध्यक्षतामा सम्पन्न उक्त पोष्टर सार्वजनिक समारोहमा केईए प्रमुख संरक्षक श्री सथार कुन्निल, कार्यवाहक अध्यक्ष श्री नासेर कुल्लिक्कारा, कार्यवाहक महासचिव श्री सुधन अविक्का, ट्रेजरर मुहम्मद कुन्हीले केईएले सम्पन्न गर्न लागेको एक दिवसीय क्रकेट प्रतियोगिता सफल रूपमा सम्पन्न गराउन अगृम शुभकामना दिएका थिए ।

यस समारोहलाई बक्स क्रिकेट लिग संयोजक श्री शुहाइब शेखले स्वागत गरे भने बक्स क्रिकेट लिग यहि जुलाइ २३ तारिक शुक्रबारको दिन आयोजित गरिनेछ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...