Friday 3rd April 2026

सविता के.सी. को झरना


“झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म”

झरना = १० झर

१. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ
असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ ।

२. देशमा कोरोना पोहोर पनि आको हो
बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो ।

३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौँ बसेर फुक्छन्
रोगको कुरा अर्कै आधा जनता खान नपाएर सुक्छन् ।

४. परदेशी भूमिमा सङ्घर्षरत छन् जनताहरू
त्यसको रेमिट्यान्स हात पार्न लालाहित नेताहरू ।

५. श्रमशक्ति खेर गइरहेछ, जमिन बाँझो छ
राज गर्ने नेताजीको बुद्धि बोधो छ ।

६. गाउँगाउँमा बाँझो जमिन बीउ खोजिरहेछ
परिश्रमी युवा हात परदेशको बाटो रोजिरहेछ ।

७. नीति बन्छन् देशमा सधैं आयातको
पसिनाको विक्रि युवा निर्यातको ।

८. रोगलेभन्दा रोकले काम अड्कियो
गर्छुभन्ने परिश्रमी हात अन्तै भड्कियो ।

९. कोरोना पनि तातेरै आएछ
भेटेजति सबैलाई खाएछ ।

१०. देशमा नीति छिनछिनमै फेरिन्छ
हात बाँधि मन बाँधि के पो हेरिन्छ ?

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...