Friday 3rd April 2026

श्रीभक्त पौडेल “आफन्त”को गजल संग्रह – १


गजल
###
कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी .
भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी ।

कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी
पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी ।

हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा
उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी ।

समिकरण यो जीवनको, नमिलेको देख्दा आज
पहिरोको त्यो चट्टान होकी, घर्किएको देख्दाखेरी ।

उँदै सलल उँभै सलल, लान्छ कि त आजै
घरीघरी यही झरी यहाँ, दर्किएको देख्दाखेरी ।

गल्ती सबको हुन्छ, दुधमा को नुहाएको छ र ?
दिक्दार लाग्छ तिमीआज, झर्किएको देख्दाखेरी ।

श्री भक्त पौडेल
चितवन , हाल स्पेन


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...