Tuesday 31st March 2026

अविरल वर्षा: पहिरोले राजमार्गहरू अवरूद्ध, कोशीमा बहाब बढ्यो


तीतोपाटी डटकम-अविरल वर्षापछि आएको पहिरोले पृथ्वीराजमार्गका विभिन्न ठाउँ अवरूद्ध छ।राजमार्गको तनहुँ, धादिङ र चितवनका विभिन्न ठाउँमा लेदोसहित बाढीले सडकखण्ड अवरूद्ध छ।

पृथ्वी राजमार्गको तनहुँ-पोखरा सडकखण्ड पनि अवरूद्ध छ। शुक्लागण्डकी वडा नम्बर ५ स्थित कुम्ले खोलामा पहिरो झरेको छ।यस्तो व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवा र छिर्कनमा पनि पहिरो झरेपछि पृथ्वीराजमार्ग अवरूद्ध रहेको प्रहरीले जनाएको छ।

तनहुँका एसपी युवराज तिमिल्सेनाका अनुसार बिहान ३ बजेदेखि नै राजमार्गमा खसेका पहिरो हटाउने काम भइरहेको छ। बन्दिपुरको गुरदुम र डुम्रेमा पनि पहिरो झरेर राजमार्ग अवरूद्ध छ।

बन्दिपुर वडा नम्बर ४ तामुङमा पहिरोले २ घर बगाउँदा एक जना बेपत्ता छन्।यस्तै नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा पहिरो खस्दा अवरूद्ध छ। दुबैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

साथै लुम्बिनी प्रदेशस्थित बुटवल-पाल्पास्थित सिद्धबाबा सडकखण्ड पनि पहिरोले आज बिहानैदेखि अवरूद्ध छ। पहिरो खुलाउने प्रयास भइरहेका छन्।बिपी राजमार्गको काभ्रे खण्ड पनि पहिरोले ठाउँठाउँमा अवरूद्ध छ।

बाढीले कोशीमा पानीको बहाब बढेको छ। ५६ वटा ढोकामध्ये बिहीबार बिहानसम्म २२ ढोका खुला गरिएका छन्। कोशीमा पानीको बहाब बढे पनि खतराको तह पार गरिसकेको छैन।

काठमाडौं उपत्यकाभित्र पनि खोलाहरूमा पानीको बहाब बढेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले सेतोपाटीलाई बताए।केन्द्रका अनुसार प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:

२०७८ असार १७ गते बिहीबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जनसहित भारी वर्षा तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार १८ गते शुक्रबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघसहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार १९ गते शनिबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

@सेतोपाटी डटकमबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...