Friday 3rd April 2026

छन्दमा शीतहरू


सीता बिष्ट कार्की ( सीबिका) – शीत मौलिक नेपाली माटोमा सिर्जना भएको लघुतम काव्य हो । “अष्टाक्षरी लघुकवितानै शीत हो ।” पुष्कर अथक रेग्मीले परिकल्पना गर्नु भएको ‘शीत’ कविता छोटो समयमै लोकप्रिय हुन पुगेको छ । हामीले गठन गरेको शीत काव्य समाज नेपालको समूहमा धेरै स्रष्टाहरू जोडिनु भएको छ र निकै राम्रा राम्रा शीतहरू लेख्दै अाउनु धएको छ ।

केही स्रष्टाहरूले स्वतन्त्र र स्वतस्फूर्त रूपमा शीतहरू लेख्दै र मुहार पुस्तिकामा प्रेषित गर्दै अाउनु भएको छ । शीत विभिन्न नियम र सूत्रमा रहेर लेख्न सकिन्छ । शीतलाई छन्दमा पनि लेख्न सकिन्छ । मधु,स्त्री,मही र सारू छन्दमा लेखिएका केही शीतहरू यसप्रकार रहेका छन् ।

मधु छन्द( ॥ )
भर
पर
घर
गर

गन
धन
अनि
भन

अघि
गुन
पछि
सुन

स्त्री छन्द( ss)
मीठो
पाएँ
खाना
खाएँ

राती
नापे
माना
पाथी

माया
साँचे
जम्दै
नाँचे

मही छन्द( IS )
ठुला
भए
धनी
गए

मिठो
मही
चिसो
दही

चला
गला
भयो
कला

सारू छन्द( SI)
रात
बात
किन
साथ

काम
गर्छ
दाम
टर्छ

राम
मान
जाम
धाम


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...