Tuesday 20th January 2026

सुरेश वैद्यको झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर


कसैको जीत त कसैको हार हुन्छ
शुरुमा नोक झोक पछि त प्यार हुन्छ ।


यहाँ देशको छ चिन्ता तिमी कुर्सि कुर्सि भन्छौ
कति साम सद कस्को पक्षमा हरप्रहर गन्छौ ।


सुस्तरी सुस्तरी नयन सागरमा पस्यौ
डुब्दा डुब्दै दिलको सिंहासनमा बस्यौ ।


क्या कस्ट तिम्रो त्यो जवानी
बनि देउ न मेरी मन कि रानी ।


गोरो गोरो गालामा कालो कालो कोठी
आमा बाउको तिमी छोरी कान्छी हो कि जेठी ?


खोजी रहन्छौ तिमी सधैं नयाँ नयाँ दाउ
कसरी पारूँ भनि मेरो कलेजिमा घाउ ।


हे कोरोना तिमी आएदेखि धरतीलाई अफाप भएको छ
भुसुना सरी जहाँतहिँ मान्छे सखाप भएको छ ।


मसँग म मात्रै छु खोज एउटा साथी
सधै रहोस उसको हात मेरो काध माथि।।


कहिले पूरा नहुने रहेछ कस्तो हो तिम्राे बोलि
सकिँदैन अब पाल्न पठाउनु छ बोकाएर झोलि ।

१०
शब्दहरूसँग खेल्ने मेरो पनि रहर छ
साहित्य कुण्डमा केही थोपा थप्ने ठहर छ ।

-सुरेश वैद्य


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...