Friday 3rd April 2026

जनार्दन अधिकारी ‘धड्कन’ का ५ मुक्तकहरू


मुक्तक
###
मुटु साट्ने रहर थियो कुरा गर्न आइनौ
खाली नै थ्यो मन पनि प्रेम भर्न आइनौ
मंसिर,बैशाख कति गए आशा डढाएर
जोतीराखें बाँझो मन बीउ छर्न आइनौ ।

आँखा चिम्म नगरी हेर्छु तिमीलाइ
प्रेमको डोरीले कम्मरमा बेर्छु तिमीलाइ
कसैले अपहरण गर्छ की भन्ने डर सँधै भो
चारैतिर अग्लो पर्खाल लगाइ घेर्छु तिमीलाइ ।

कति पर्खे तिम्रो बाटो,कति तड्पे तिमी भन्दै
कति बसे दिन रात क्यालेण्डरमा हेरी गन्दै
तिमी भनी भाका सार्दै कुराले नै ठिक्क छ
कति खसें आँखाबाट सम्झनाले बारी खन्दै ।

देखाएर देखिन्न माया सिकाएर लाइन्न
धड्कन जस्तो जति खोज माया गर्ने पाइन्न
रहरले नदी खोज्दै सँधै सागर पछ्याउँछ
विश्वासमा शंकाको छाना छाएर छाइन्न ।

पैसा टिप्न बिदेश आएँ बालवच्चा छोडी
माया गर्ने प्रेमीकाको बाचा बन्धन तोडी
थाहा पाएँ आफ्नै देशमा पैसा फल्ने रहेछ
कसो गरी फर्कुँ अब जेलको भित्तो फोडी ।

-जनार्दन अधिकारी ‘धड्कन’
पाल्पा, रामपुर


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...