Friday 3rd April 2026

धर्मिला कार्कीको गजल संग्रह – २३


जिन्दगीको योजनाहरु पर पर सार्नु पर्यो ।
कति थिए रहर इच्छा मनभित्रै मार्नु पर्यो ।

सरकार सधैं पोषणको प्रचारवाजी गर्छ यहाँ
जनताले नुन तेल बिनै छाक टार्नु पर्यो ।

आज मान्छे घरमै कैदी बनेको देख्दा लाग्छ
प्रकृतिको लिला सँग विज्ञानले हार्नु पर्यो ।

कोरोनाले अकालमै ज्यान गुमाउनु पर्दा
कैयौं बृद्ध बा -आमाले रुँदै जुठो बार्नु पर्यो ।

बा-आमा दुबै गुमाउने लालाबाला देख्दा
आँखाबाट अस्रुधारा बररर झार्नु पर्यो ।

तोते बोलीमै टुहुरा भएका बालबच्चाले
जन्मदाताको तस्बिर हेर्दै जिन्दगी गुजार्नु पर्यो ।

 

धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...