Tuesday 20th January 2026

शीत काव्य यात्रामा नारी स्रष्टाहरू


पुष्कर अथक रेग्मी – कविता विधाको लघुतम काव्य उपविधाको रूपमा ‘शीत’ को परिकल्पना गरिएको हो । दुई गुणे चार बराबर आठ अक्षरको एक शीत मानिएको छ । अर्थात चतुष्पदिय अष्टाक्षरी संरचनामा लेखिएको अर्थपूर्ण लघुतम काव्य नै शीत हो । शीतको परिकल्पना अनुसार ७ असार २०७८ देखि सामाजिक संजालमा शीत लेख्न लागेपछि फेसबुक मेसेन्जर, ग्रुपहरूमा शीत लेख्नेको लहर लाग्यो । यसै दौरान यस पंक्तिकारको अध्यक्षतामा शीत काव्य समाज नेपालको राष्ट्रिय समिति समेत गठन भइसकेको छ ।

नेपाल देखि भारत, अरब मुलुकमा रहेका स्रष्टाहरूद्वारा शीत लेखन क्रम बढदो छ । सामाजिक संजाल र शीत काव्य समाजको भित्ताहरूमा हजारौंको संख्यामा शीत लेखिएको छ । पुराना नया सबै स्रष्टाहरूद्वारा शीत लेखिएको छ ।शीत लेखन , वाचन र प्रकाशनमा समेत नारीस्रष्टाहरू लागेका छन् । शीत काव्यबाट प्रभावित भएर स्थापित नारी स्रष्टा दिला शाह भन्नुहुन्छ ,” छोटो मीठो शीत काव्यले चर्चा पाउनेछ । अचेलको जमाना शटकटको हो । जसरी टिकटकले चर्चा पायो शीतले पनि पाउनेछ ।”

शीत लेखनमा नारीको सहभागीता बढदो छ । यहाँ हालसम्म शीत काव्ययात्रामा सहभागी हुनु भएका नारी स्रष्टाहरूको ‘ शीत ‘ प्रस्तुत गरिएको छ ।

भेेटें
आज
लाग्यो
लाज
दिला शाह ( नेपालगन्ज)

 

राम्रो
मन
हाम्रो
धन
हिरन शर्मा ( आसाम )

 

गयो
भेल
बस्यो
मेल
कुन्ज देवी ( आसाम )

 

काम
गरि
खाने
माम
इन्दिरा गौतम (आसाम)

 

माया
लाएँ
हार
खाएँ
गीता भट्टराई ( स्याङ्जा )

 

मन
धन
छैन
भन
सीता बिष्ट कार्की’ सीबिका'(काठमाडौं )

 

शव्द
जोडौं
गीरि
फोडौं
चन्द्रावती अधिकारी ( कोहलपुर)

 

शान्ति
आयो
कान्ति
छायो
इन्दिरा ज्ञवाली(पाल्पा)

 

हिजो
झिजो
आज
बिजो
चन्द्रकला अधिकारी ( फिदिम)

 

वर्षा
खोला
बढे
होला
अर्पणा रेग्मी ( काठमाडौ )

 

आयो
मीत
गायो
गीत
धर्मी शाक्य ( बुटवल )

 

लाई
मीत
भरी
शीत
अम्विका अाचार्य ( काठमाडौ )

 

लेखौं
शीत
लाऔं
मीत
एलिषा रेग्मी ( पाल्पा )

 

ईर्ष्या
क्लेश
किन
द्वेष
सुधा बास्कोटा ( काठमाडौ )

 

संगै
बाच्ने
संगै
हाँस्ने
बिनिता (भारत )

 

जन्म
मृत्युु
सत्य
कटु
मनिषा (भारत )

 

टाढा
जुन
दुख्छ
मन
विजयीता भण्डारी ( झापा)

 

नेल
जेल
गर्छ
खेल
बिष्णु भण्डारी ( भारत )

 

झर्‍यो
शीत
बढ्यो
प्रीत
दुलुमनी देवी (भारत )

 

चर्छु
खेत
भर्छु
पेट
लता के. सी.( काठमाडौ )

 

खेत
वारि
काम
जारी
गंगा खडका( काठमाडौ )


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...