Tuesday 20th January 2026

मिलन के.सी.(थापा)को झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

शीर्षक :-🌳🌳असार र झरी🌳🌳

१. रिमझिम वर्षा सँगै लाग्यो असार
खोलानाला सम्मै भाको छ वारपार

२. जताततै हरियाली देखिन थाल्यो
रोपाइँको तयारीमा किसान बीऊ फाल्यो

३. असार लाग्यो जताततै छ हरियाली
खुल्यो किसानको श्रमको दियाली

४. रोपाइँ सगै असारे गीत गाऊ
माना खाई मुरी उब्जाऊ

५. पाइपात भने खोलापारी
किसानको मन रुन्छ घरीघरी

६. कृषिमा लगानी आकर्षक भैन
उन्नत बिऊ,बिजन,मल छैन

७. लगानी हावाहुरी, बाँदर, रोगले खान्छ
माना खाएर मुरी कसरी उब्जन्छ

८. ए! असारे झरी
कति परेको सागर सरी

९. बाढी बग्यो वारिपारि
कति त बने बेघरबारी

१०. हाम्रो देशमा क-कसको परेको सराप
रोग सँगै बाढी, पहिरो समय खराब

✒️मिलन के.सी.(थापा)पोखरा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...