Friday 3rd April 2026

वैद्यनाथ श्रमजीवीको झरना -२


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर

नभएको भगवानहरुको अनेक कथा छ
धर्मले समाजलाई दिएको अनेक ब्यथा छ ।।

लखौं मरे मर्दैछन् धर्मको नाउँमा
जातमा बाँडे मान्छेलाई गाउँ गाउँमा ।।

मान्छे मान्छेमा विभेद गरियो
धर्मको नाममा मानवता बाट झरियो ।।

बालक बृद्ध जबान महिला कसैलाई छोडेन
आजसम्म धर्मले समाजलाई कहिले जोडेन ।।

सम्पूर्ण अन्धविश्वास धर्मले जनमाएका हुन
चन्द्र सुर्यलाई ग्रन्थमा मान्छे बताएका हुन ।।

शेषनागको फनमा पृथ्वी रहेको बताउँछ
धार्मिक ग्रन्थले लेख्छ – फन फेर्दा भुइचालो आउँछ ।।

धर्मले कुन दूरबिनले संसार देख्छ
गोलो पृथ्वीलाई चेप्टो लेख्छ ।।

धर्म शास्त्रमा नौ ग्रह लेख्छ
सुर्य चन्द्रमा लाईनि ग्रह देख्छ ।।

शुभ अशुभ दिनरात भन्छ
पृथ्वीको दैनिक चाल साइत गन्छ ।।

साँच्चै सबै धर्म अफिम नै हो
अनुयायीलाई बेहोस पारी लुट्ने हो ।।

वैद्यनाथ श्रमजीवी
वीरगन्ज


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...