Tuesday 31st March 2026

युरोकप २०२० मा एकै टिमबाट खेल्ने दाजुभाइ


तीतोपाटी डटकम-१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए ।यी दुई खेलाडी टिममेट मात्र नभएर सहोदर दाजुभाइसमेत हुन् । पाँच वर्षअघि फ्रान्समा युरोकप हादा थोर्गन हाजार्ड टिममा पर्न असफल भएका थिए । त्यतिखेर एडेन हाजार्ड नै कप्तान थिए ।

यसपटक भने दाजु एडेन र भाइ थोर्गन दुवै बेल्जियमको टिममा सँगै खेलिरहेका छन् । सन् २०१६ मा बेल्जियमको टिममा रोमेलु लुकाकु र जोर्डन लुकाकु दाजुभाइ थिए । यस पटक हाजार्ड दाजुभाइ बेल्जियन टिममा छन् ।

पहिलो खेलमा एडेन हाजार्ड वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए भने थोर्गनले पहिलो रोजाइमै खेलेका थिए । जहाँ करिब आधा घण्टा उनीहरुले सँगै खेले । यस्तै दोस्रो खेलमा डेनमार्कविरुद्ध पनि थोर्गनले पहिलो रोजाइमा खेलेका थिए भने एडेन दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । फिनल्याण्डविरुद्ध भने एडेनले पहिलो रोजाइमा खेले । थोर्गनले उक्त खेल खेलेनन् ।

अन्तिम १६ अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा दुवै हाजार्डले पहिलो रोजाइमा खेल सुरु गरेका थिए ।

युरोकप २०२० मा एउटै टिमबाट खेल्ने दुई जोडी दाजुभाइ छन् ।

हाजार्ड दाजुभाइसँगै पहिलो पटक युरोकपमा खेलेको नर्थ मेसेडोनियामा स्टेफान रिस्तोभ्स्की र मिलान रिस्तोभ्स्कीले सँगै खेले । युरोकपमा डेब्यु खेलमा डिफेण्डर स्टेफानले अष्ट्रियाविरुद्ध पहिलो रोजाइमै खेलेका थिए । उनका भाइ फरवार्ड मिलान भने ८५औं मिनेटमा मैदान प्रवेश गरेका थिए । त्यसपछि युक्रेन र नेदरल्याण्ड्सविरुद्ध भने स्टेफानले मात्रै खेले ।

पछिल्लो युरो २०१६ मा चार जोडी दाजुभाइले युरोकप खेलेका थिए । सन् २००० मा पनि चार जोडी दाजुभाइले नै युरोकप खेलेका थिए ।

इंग्ल्याण्डका ग्यारी नेभिल र पिल नेभिलले तीन पटक सँगै युरोकप खेलेका थिए । नेभिल दाजुभाइले सन् १९९६ देखि २००४ सम्म सँगै युरोकप खेलेका थिए । यस्तै क्रोएसियाका निको कोभाक र रोवर्ट कोभाकले पनि २००४ र २००८ मा लगातार दुई पटक सँगै युरोकप खेले ।

युरोकपमा सन् १९७६ मा नेदरल्याण्ड्सका दाजुभाइ रेने र विली भान डे केकोर्फले पहिलो पटक सँगै खेलेका थिए ।

२०२० को युरोमा एउटै टिमबाट खेल्ने दाजुभाइ

एडेन हाजार्ड र थोर्गन हाजार्ड (बेल्जियम)

स्टेफान रिस्तोभ्स्की र मिलान रिस्तोभ्स्की (नर्थ मसेडोनिया)
@अनलाइनखबरबाट

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...