Tuesday 10th March 2026

राष्ट्रिय शीत काव्य समाज गठन


तीतोपाटी – साहित्यकार पुष्कर अथक रेग्मी(पाल्पा)को अध्यक्षतामा ‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन भएको छ । समाजको उपाध्यक्षमा सीता बिष्ट कार्की ‘सीबिका’ (काठमाडौ ) र उपाध्यक्ष नारायण कोइराला ( यु.ए.इ.) रहेका छन् । भोजपुरका दामोदर ढकाल ‘दीपक’ सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण के.सी.(नुवाकोट ),सुरेशचन्द्र घिमिरे ( लमजुङ ) मनु खत्री (गुल्मी ),चन्द्रावती अधिकारी (कोहलपुर ), इन्दिरा गौतम( आसाम,भारत ) र विजयीता भण्डारी ( झापा) रहेका छन् ।

सामाजिक संन्जालको मुहार पुस्तिकामा रहेको शीत काव्य समाजको मेसन्जर समूहको भेला र अनलाईन छलफलबाट समाजको गठन भएको हो । आगामी दिनमा सात प्रदेश र बिदेश बिभाग प्रमुखहरूपनि मनोनयन गरिने जानकारी समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले दिएका छन् ।

शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । पानीको सानो बुँदलाई शीत भनिएजस्तै कविताको अति लघुतम रूपलाई शीत नामाकरण गरिएको हो । शीत २/२ अक्षरको चार हरफमा जम्मा आठ अक्षरमा लेखिन्छ । यसलाई बिभिन्र नियममा सजिलै लेख्न सकिन्छ भनी समाजका सचिव दामोदर ढकालले बताए ।

समाजले मुहार पुस्तिकामा शीत काव्य समाजको पेज निर्माणका साथै मेसेन्जर समूह निर्माण गरेको छ । जस्मा पूर्वमा झापादेखि पश्चिममा महेन्द्रनगर र भारत तथा अरब मुलुकका सर्जकहरूको सहभागीता रहेको छ । सर्जकहरू शीत कविता लेख्दैछन र विभिन्न माध्यमद्वारा संप्रेषण गर्दैछन । नेपाली साहित्यको श्रीवृद्धिका लागि लघुकाव्य शीतले नवीनतम योगदान पुराउने आशा लिइएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...