Friday 3rd April 2026

स्रष्टा तिला लेकालीका उत्कृष्ट उदकहरू



स्वास्थ्य
अमूल्य धन
सुख शान्ति समृद्धि !


आकाश
सुन्दर विशाल
नेपाली झण्डाको किनार !


पहाड
गर्विलो छाती
नेपालीको उच्च शान !


पेसा
अर्थ प्राप्ती
सुख सन्तोष आनन्द !


झण्डा
देशको स्वाभिमान
शान मान सम्मान !


बुवा
उच्च व्यक्तित्व
पूज्य देवता समान !


आमा
जन्मदाता जननी
पूज्य देवी शक्ति !


समाज
विभिन्न जाती
एउटै साझा फूलबारी !


गुरु
अन्धकार नाशक
अँध्यारोमा उज्यालो बत्ती !

१०
कृषक
एक प्राणदाता
अन्नको राजा मानिस !

११
जीवन
सुख दु:ख
घाम र छाया !

– तिला लेकाली, मोरङ


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...