Friday 3rd April 2026

सुशीला पौडेलको झरना


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना =१० झर


दिमाग मेरो शून्य शून्य भएको छ,
होस् हवास सबै तिमी तिरै गएको छ।


आफू बसेर मलाई सुत्न भन्छौ
बिहान सक्दो सबेरै उठ्न भन्छौ।


खाली दिमाग शैतानको बास भयो,
मेरो लागि तिमी मात्रै एक खास भयो।


जिन्दगीमा जिउन जान्नु पर्छ,
पराई पनि आफ्नै मान्नु पर्छ।


अँध्यारो त्यो रातमा
हामी दुई एक साथमा।


प्राकृतिक विपत्ती पनि कति आएको,
यसैले नै धेरै जनाको ज्यान खाएको।


हिमाल झै अटल बन्नु छ,
गलत गर्नेलाई केही भन्नु छ।


समाज परिवर्तन गर्नु छ,
भोको पेट हुनेको भर्नु छ।


जहिले तिम्रो हात समाउन मन छ,
सयौ जुनी तिमीसँग कटाउन मन छ।

१०
जहाँ हुन्छ खोट,
त्यही किन सबथोक।

सुशीला पौडेल , अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...