Friday 3rd April 2026

अनुग्रह राना मगर (पुष्प)को झरना – १


“झरदेखि झरनासमा, हाम्रो यात्रा सागरसम्म”
झरना =१० झर

१) उफ् प्रकृतिको रूप कस्तो
सलल बगि आउने भए झैँ सस्तो ।

२) रमाइलो त्यो नगर
एकैछिनमा भयो बगर ।

३) हेर्दाहेर्दै पानीले भरियो वरिपरि समतल्ल
आनन्दले बाँचेको जिन्दगी भयो छातछुल्ल।

४) मन बुझाउनु अब यो स्थितिमा खै कसरी
गर्नुहुन्न वनजङ्गल र खोलानलाको तस्करी ।

५) थाहा थियो बगर हो भनेर तर बनायौ घर
जिद्दी गर्‍यौ सोँचेनौ पछिलाई अब के को हुने भर ।

६) यस्तो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि
जान्ने बुझ्नेले सम्झाउँदा मानेनौं गर्‍यौ आनकानी ।

७) थोरै सुख्खा भयो देखेनौ पानीको मेल
उर्ली आयो तमासले बाढी र भेल ।

८) करोडौंको क्षती भयो अब कता भाग्ने
प्रकृतिलाई मिची एस आराम गरेथ्यौ भयौ अब माग्ने ।

९) पहिल्यै जानी बुझी सुरक्षित भएको भए
यस्तो हानी हुन्न थियो व्यवस्थित भएको भए ।

१०) अब सबले बुझौँ प्रकृतिको देन हो भनेर
बस्ती बसालौँ सही ठाँउमा राम्ररी बुझेर ।

अनुग्रह राना मगर (पुष्प)
संखुवासभा
हालः मलेसिया


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...