Monday 19th January 2026

सविता के.सी. को ३ पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“

पञ्चाङ्ग ३ (तीन)


झम् झम् वर्षे झरी पातमा गाइरहे गानाहरू
खरको छानो तप्प तप्प चुहिरहे छानाहरू
तारामण्डल छानो हजुर गरिबीको जीवन
छैन घुम्, भिज्यो शरीर लाउने आफ्ना नानाहरू
जति पल्टाउँ उस्तै लाग्छन् जिन्दगीका पानाहरू ।


चौबिसै घण्टा बादल पानी बनी झरेर आयो
पल्लो किनारबाट ओल्लो किनार सरेर आयो
यस्तै रहेछ प्राकृतिक प्रकोपभन्ने कुरा पनि
समस्या नै त हो एकपछि अर्को परेर आयो
पारि गाउँदेखि वारि गाउँसम्म सरेर आयो ।


सबैदेखि अघाएर तिमीलाई चुनेर ल्याइयो
साथ, सहयोग र विश्वासलाई गुनेर ल्याइयो
होला नि त समाज विकासभन्ने आशा छ मनमा
गुण र आत्मसमर्पणका कुरा सुनेर ल्याइयो
तलदेखि माथिसम्म सबै जालो बुनेर ल्याइयो ।

सविता के.सी.
काठमाडौ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...