Monday 19th January 2026

रोशन पराजुलीको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर


कर्तब्य नगरेपछी नाश हुन्छ,
आफ्नैले गर्दा उठिबास हुन्छ ।


भोको पेटमा खुशि दिन जुटौ
बाढी पैरो फेरि जान्छ नफुटौँ ।


कोलाहलमा आफू एक्लै हुन्छौ
भिडभन्दा पर शान्ति पाइन्छ ।


खोला किनारमा वस्ति बस्न सिकायौ
एक भोटको निम्ति सबै वर्वाद बनायौ।।


सक्छौ तिर्न आशुको मूल्य तिर
सक्दैनौ तिर्न नदेउ मनमा पिर ।


झुटो आश्वासनले कसको महल बनायौ
विकासको नाममा कसलाई माहान् बनायौ? ।


खोज यथार्थकै भएको छ जहाँ सत्य हुन्छ
जिवात्मा परमात्मा बिच नाता सत्य रहन्छ ।


घरबार बिहिनको मल्हम लगायौँ
आफुसँग जे छ त्यही दिई सम्हालौँ ।


बगेकाछन् खेत खलियान र अन्न पात
दया कर्म भावमा रहेर वढौँ सबै एक साथ।।

१०
गुरू विनाको ज्ञान, मन विनाको ध्यान कमजोर हुन्छ
आत्मालाई शुद्धि बनायौ सृष्टिको उज्यालो दर्शन हुन्छ ।

रोशन पराजुली ,धरान।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...