Friday 3rd April 2026

रोशन पराजुलीको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर


कर्तब्य नगरेपछी नाश हुन्छ,
आफ्नैले गर्दा उठिबास हुन्छ ।


भोको पेटमा खुशि दिन जुटौ
बाढी पैरो फेरि जान्छ नफुटौँ ।


कोलाहलमा आफू एक्लै हुन्छौ
भिडभन्दा पर शान्ति पाइन्छ ।


खोला किनारमा वस्ति बस्न सिकायौ
एक भोटको निम्ति सबै वर्वाद बनायौ।।


सक्छौ तिर्न आशुको मूल्य तिर
सक्दैनौ तिर्न नदेउ मनमा पिर ।


झुटो आश्वासनले कसको महल बनायौ
विकासको नाममा कसलाई माहान् बनायौ? ।


खोज यथार्थकै भएको छ जहाँ सत्य हुन्छ
जिवात्मा परमात्मा बिच नाता सत्य रहन्छ ।


घरबार बिहिनको मल्हम लगायौँ
आफुसँग जे छ त्यही दिई सम्हालौँ ।


बगेकाछन् खेत खलियान र अन्न पात
दया कर्म भावमा रहेर वढौँ सबै एक साथ।।

१०
गुरू विनाको ज्ञान, मन विनाको ध्यान कमजोर हुन्छ
आत्मालाई शुद्धि बनायौ सृष्टिको उज्यालो दर्शन हुन्छ ।

रोशन पराजुली ,धरान।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...