“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
१.
झमझम बर्सियो पानी असार मासमा
नसोचेको विपत्ति आइपर्यो बसेको बासमा ।
२.
प्रकृति दोहन गरि बास बनाए
बाढी पहिरोले सबै सपना बगाए ।
३.
सुन्दर बस्ती मनोरम शान्त शहर
निमेष मै भयो सारा अप्त्यारिलो बगर ।
४.
जिन्दगीभर साँचेका ती सुनौला सपना
उडायो हुरीले बनायो मात्र सम्झना ।
५.
अब सोच विचारमा लाग्न जरुरी छ अति
प्रकृति नजोगाए पून दोहोरीने छ बिपत्ति ।
६.
थियो त्यो सुन्दर संसार स्वर्ग समान
संरचना नयाँ पुराना कुनै पनि रहेन ।
७.
गरौंला कति भन्ने थियो ठुलो सपना
चकनाचुर भयो आज निमेषमै बिपना।
८.
जीवन भरि साँचेका बिलाए सपना
बस्नु छ बिपतका आँसु पिउदै मनमा ।
९.
सबैले माया गरौं है प्रकृतिको
खेप्नु पर्ने छैन कदापि बिपत्तिको।
१०.
नत पैसा नत छ बस्ने बास
के खाने के लाउने भयो सधैं त्रास ।
-दुर्गा भट्टराई
मोरङ