Friday 3rd April 2026

लक्ष्मी स्मृतिको गजल संग्रह – १


गजल
###
यो आँशुको खहरे थमाउन छ गाह्रो ।
त्यो तिम्रो शहरमा रमाउन छ गाह्रो ।

रुपैंयाँमा नापतौल सजिलै गरिन्छ
हो ईज्जत,प्रतिष्ठा कमाउन छ गाह्रो ।

पत्थरका मुटु छन् कसरी पो गल्छन्
घाउ, कष्ट, पिर छमाउन छ गाह्रो ।

छेपारो झैँ रंग फेर्छन् हरेक पलमा
आफ्नै भनी हात समाउन छ गाह्रो ।

खुट्टा तान्ने, कुरा काट्ने बिगबिगी छ
सोझा सिधाले त जमाउन छ गाह्रो ।

– लक्ष्मी स्मृति, बिराटनगर-५


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...