Monday 19th January 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – ६


गजल
###
जीवनभर ऐना पुछिरहें, दाग मुखमा रहेछ ।
निश्चिन्त रही भरोसा गर्नुपर्ने मयूखमा रहेछ।

च्यातिन्छ स्वाभिमान पारदर्शी आवरणको होडमा
पाइने त मान मर्यादा आफ्नै देशको बुखमा रहेछ।

संरक्षण बिना जथाभाबी काटी कमाएको नतिजा
बल्ल बुझें जीवनरक्षाको तागत रुखमा रहेछ।

बचाउनुपर्छ सांस्कृतिक वाद्यवादन सबै हाम्रो
राष्ट्रको ऐतिहासिक पहिचान लगुखमा रहेछ।

प्रकृति रिसाइन् ढाड भाच्चियो स्वार्थपूर्ति कारणले
बुझेनन् प्रतिफल आफ्नाकै भविष्य दु:खमा रहेछ।

शर्मिला श्रेष्ठ, ललितपुर
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...