Friday 3rd April 2026

राजेश भट्टराईको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना= १०झर


स्वतन्त्रता र अराजकताको भेद छुट्याउन सिक।
सदाचार र चाप्लुसीको भेद खुट्याउन सिक।


रगतको नाता सकिन्न बदल्न भावनाको त सकिन्छ।
साथीको आमालाई सासु आमा बनाउन त कसिन्छ।


सुरा पिउँछु भन्थ्यो त सुराले नै पिउन थालेछ।
भोजनै नगरी सधैँ भट्टी तिरै धाउन थालेछ।


जीवन साथी पो एउटा मात्रै साथी त धेरै बनाउन सकिन्छ।
अरु केटीलाई पनि नजिकको साथी बनाई दिलमा सजाउन सकिन्छ।


पुरस्कारको लालचमा लेख्ने पनि के लेख्ने।
आत्मसन्तुष्टिको लागि लेख्ने पो लेख्ने।


लकडाउन भयो घर भित्रै बसेँछु।
एकान्तमा तिमी सम्झी कल्पेछु।


आर्थिक क्रान्ति नभए राजनीतिक क्रान्ति टिक्दैन।
अधुरो अपुरो परिवर्तन त सँधैभरि बिक्दैन।


अप्सराले देखाइन नि रुप अदली बदली।
हौ कि क्या हो तिमी त सुन्दरताको डबली।


उच्च मनोबल गराए कोरोना अवश्य जितिन्छ।
रोग प्रतिरोधात्मक क्षमतामा यो त कता कता फिटिन्छ।

१०
राजनीति देखियो फोहोरी के गर्ने खोइ।
हिजो एउटाको त आज अर्काको पोइ।

राजेश भट्टराई
सैनामैना ११,रुपन्देही
हाल सुर्खेत


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...