Monday 19th January 2026

राजेश भट्टराईको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना= १०झर


स्वतन्त्रता र अराजकताको भेद छुट्याउन सिक।
सदाचार र चाप्लुसीको भेद खुट्याउन सिक।


रगतको नाता सकिन्न बदल्न भावनाको त सकिन्छ।
साथीको आमालाई सासु आमा बनाउन त कसिन्छ।


सुरा पिउँछु भन्थ्यो त सुराले नै पिउन थालेछ।
भोजनै नगरी सधैँ भट्टी तिरै धाउन थालेछ।


जीवन साथी पो एउटा मात्रै साथी त धेरै बनाउन सकिन्छ।
अरु केटीलाई पनि नजिकको साथी बनाई दिलमा सजाउन सकिन्छ।


पुरस्कारको लालचमा लेख्ने पनि के लेख्ने।
आत्मसन्तुष्टिको लागि लेख्ने पो लेख्ने।


लकडाउन भयो घर भित्रै बसेँछु।
एकान्तमा तिमी सम्झी कल्पेछु।


आर्थिक क्रान्ति नभए राजनीतिक क्रान्ति टिक्दैन।
अधुरो अपुरो परिवर्तन त सँधैभरि बिक्दैन।


अप्सराले देखाइन नि रुप अदली बदली।
हौ कि क्या हो तिमी त सुन्दरताको डबली।


उच्च मनोबल गराए कोरोना अवश्य जितिन्छ।
रोग प्रतिरोधात्मक क्षमतामा यो त कता कता फिटिन्छ।

१०
राजनीति देखियो फोहोरी के गर्ने खोइ।
हिजो एउटाको त आज अर्काको पोइ।

राजेश भट्टराई
सैनामैना ११,रुपन्देही
हाल सुर्खेत


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...