तीतोपाटी – नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८/०३/०१ मा आएर पञ्चाङ्गको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरूप दिने काम श्री सोमनाथ लुइटेल रवि पाल्पालीली गरेका हुन् भने पञ्चाङ्गलाइ सफल बनाउन अर्घाखाँची घर भइ हाल काठमाडाैं बस्ने सुशीला पौडेलले सहयोगीको भूमिका निर्वाह गरेकी छन् । यस पञ्चाङ्ग प्रविधामा पाँच पङ्क्ति हुन्छन् । पहिलो पङ्क्तिले विषय वस्तुको उठान, दोस्रो, तेस्रो र चौथोले विस्तार र पाँचौँ पङ्क्तिले विषय वस्तुको सार वा निचोड दिने गरी अत्यन्त चोटिलो पोटिलो स्वरूपमा यसको सिर्जना गरिन्छ । तेस्रो पङ्क्ति स्वतन्त्र हुन्छ भने अरू पङ्क्तिहरु अनुप्रासयुक्त हुन्छन् । हाल आएका अन्य विविध प्रविधा जस्तै यसको पनि ऐतिहासिक स्थापना र भविष्य उज्ज्वल हुने र यस प्रविधाले पनि नेपाली भाषा र साहित्यलाइ उत्कृष्ट टेवा दिनेछ भन्ने कुरामा पञ्चाङ्ग संयोजक समिति पूर्ण विश्वस्त छ । यसको यात्रामा संयोजक समितिले सबैको साथ र सहयोगको अपेक्षा गरेको छ ।
पञ्चाङ्गके हो ? कसरी लेख्न सकिन्छ ?
पञ्चाङ्ग पञ्चपदीय (पाँच हरफमा) लेख्न सकिने एक नयाँ प्रविधा हो । पञ्चस्तुमा पहिलो, दोस्रो, चौथो र पाँचौँमा अनुप्रास प्रयोग भएको हुन्छ भने, तेस्रो हरफ स्वतन्त्र हुन्छ । यसलाई बुँदागतभन्दा बुझ्न सजिलो हुनेछ । हामी प्रयासरतका लागि !
१) पञ्चाङ्गपाँच हरफमा लेखिने नेपाली एक प्रविधा हो ।
२) यो विधा लेख्दा अनुप्रास र स्थायी अनिवार्य छ ।
३) अक्षर पाँच हरफमा बराबरी रहनेछन् ।
४) माया, प्रेम, दया, करुणा, कटाक्ष, प्यास, सबैमा लेख्न सकिन्छ ।
५) उठान गर्दा मायाबाट सुरु गरियो भने मायाको आभास नै अन्तिम सेरमा पनि झल्किनुपर्छ ।
६) बाह्रदेखि बीस अक्षरसम्म लेख्न सकिन्छ ।
७) छन्द स्वच्छन्द दुवैमा लेख्न सकिन्छ ।
८) यसमा आंशिक पूणर् मिश्रित जुनसुकै अनुप्रासको प्रयोग गर्न सकिन्छ ।
९) पञ्चाङ्ग अन्त्य अनुप्रासमा पनि लेखिन्छ ।
सल्लाहकार ः-
वेदाचार्य श्री तिलकप्रसाद लुइँटेल ,काठमाडौ
बृहत्तरकाव्यकार श्री चन्द्रप्रसाद न्यौपाने
श्री शिव प्रसाद खनाल , बुटवल
कानुनी सल्लाहकार श्री गंगा दाहाल, काठमाडौ
पञ्चाङ्ग
प्रवर्तक श्री सोमनाथ लुइँटेल रवि पाल्पाली , पाल्पा, हालः युगाण्डा
सह प्रवर्तक श्री सुशीला पौडेल, अर्घाखाँची, हालः काठमाडौ
संयोजक श्री सविता के.सी., बझाङ, हालः काठमाडौ
संयोजक श्री चन्द्रावती अधिकारी, दुराडाँडा लमजुङ, हालः कोहलपुर बाँके
संयोजक श्री शर्मिला श्रेष्ठ, काठमाडौ, हालः अमेरिका
संयोजक श्री शारदा घिमिरे भैल, काठमाडौ
सह संयोजक श्री महेन्द्र क्षेत्री (स्पन्दन), काठमाडौ
सह संयोजक श्री राजन डाउका, काठमाडौ
पञ्चाङ्ग![]()
धनी मान्छे संग रहर संगै छ
बियोगी भएसी जहर संगै छ
मर्नुन बाँच्नु गरयो गरिबीले
बिपत्तिमा पनि ठहर संगै छ
कहिले नजाने डहर संगै छ
सोमनाथ लुइटेल रवि पाल्पाली
पाल्पा
हाल युगान्डा
पञ्चाङ्ग![]()
१
तिमी आँट म पुराउँछु जहिले।
हात देऊ म समाउँछु जहिले।
हाँसीखुसी बाँच्नका लागि नै मैले,
दुश्मन जति हटाउँछु जहिले।
पराई आफ्नै बनाउँछु जहिले।
२
तिमीलाई अंगालोमा बेर्न मन छ।
जहिले प्रेमील शब्द केर्न मन छ।
तिम्रो साथ सँगै विताउनको लागि,
दुष्ट जतिलाई एक्लै घेर्न मन छ।
साथी जति सबैलाई फेर्न मन छ।
सुशीला पौडेल
अर्घाखाँची
हालः काठमाडौ
पञ्चाङ्ग![]()
१
तिम्रो मेरो सपना बाल्दिन भन्थ्यो
हाम्रो प्यारो जीवन फाल्दिन भन्थ्यो
के रहेछ र आखिरमा जिन्दगी
मनमा द्वेष कत्ति पाल्दिन भन्थ्यो
वर्षे झरिमा पनि गल्दिन भन्थ्यो ।
२
आउनुपर्ने डोली आएन कहिल्यै
ल्याउनुपर्ने चोली ल्याएन कहिल्यै
आशै आशामा बित्यो ति लामो समय
भोक मेट्ने कोसेली पाएन कहिल्यै
आँखा विछ्याएँ भोलि धाएन कहिल्यै ।
३
बाँसको टेको खरको छानो चुहिने परेछ
फलेर हो कि रुखको हाँगो नुहिने परेछ
पलपल परिवर्तन हुन्छन् सपनाहरू
आफन्तको विश्वास पनि कुहिने परेछ
आशा गरेको बाख्रो पनि तुहिने परेछ ।
४
शिखरको चुचुरातिर तिम्रो कला फहराएको छ
तिम्रो नाममा गुणगान गाउनेहरू कराएको छ
शुद्ध मन, शुद्घ वचनले समाज सेवा गर्नु पर्छ
तिम्रो व्यवहारले नैतिकता भन्ने नै हराएको छ
तिम्रो अस्तित्व लोप होला भनी यो मन डराएको छ ।
सविता के.सी.
बझाङ
हालः काठमाडौ
पञ्चाङ्ग![]()
१
तिमी बाहेक संसारमा छैन मेरो हरि यहाँ
गर्छ सधैँ दुनियाले कस्तो मनपरी यहाँ
गरिबीले गाँजेको छ जिन्दगानी मेरो
कैले लाग्छ भूकम्प कैले वर्षे झरी यहाँ
अभागीको पुर्पुरोमा सधैँ नानाथरी यहाँ
२
फूलबारीमा मौरी जस्तै भुनभुनाउँदै आऊ
पारी पाखा सुसेलीमा गुनगुनाउँदै आऊ।
समाजका विकृति र विसङ्गति हटाउन
नजरको बाटो गरी छुनमुनाउँदै आऊ
चैत मासे हुरी जस्तै हुनहुनाउँदै आऊ।
३
आज आज भन्दाभन्दै जुनी बित्यो थाहा छैन,
ओरालोमा लाग्यो जीवन कतै कुनै चाहा छैन।
सुखदुख बराबरी देख्नु पर्छ भन्थ्यौ आम,
तेसैले त आज भोलि कसैको नि डाहा छैन।
झुपडीको बास छ मेरो कुनै यहाँ लाहा छैन ।
चन्द्रावती अधिकारी
लमजुङ
हालः कोहलपुर, बाँके
पञ्चाङ्ग![]()
१)
कहिले घाम कहिले पानी भयो
दोषी भाग्य होकी जवानी भयो
मलाई आफन्तले नै धोका दिए
बुझ्नै नसकिने जिन्दगानी भयो
यो आँखा आँसुको खानी भयो
२)
भुल्न बाध्य भएँ म यो रहर होइन
अमृत देऊ मलाई तर जहर होइन
कष्ट होस् हजारौं छैन कुनै चिन्ता
आँसु बग्न मेरो आँखा नहर होइन
आँसु बगोस् थोपाथोपा कहर होइन
नानीमाया सुनुवार ‘नामासु’
उदयपुर
पञ्चाङ्ग![]()
१
रहे सबै कुराहरु अधुरा सोचि रहन्छु
भएन सपना केही पूरा सोचि रहन्छु
यो सहरमा छोराले मोज गर्दै हिँड्छ,
गाउमा बाका पाखुरा सोचि रहन्छु
छिमेकिले काट्छ कुरा सोचि रहन्छ।
२
नगर न यति हतार प्यार हुने छैन।
सुनसान छ बजार प्यार हुने छैन।
मलाई गरिब भनिछोडि गएकि हौ।
तिम्रो धनि परिवार प्यार हुने छैन,
गरे मैले अस्वीकार प्यार हुने छैन।
नामः महेन्द्र क्षेत्री ‘स्पन्दन’
डोटी
हालः काठमाडौं
नोटः उपरोक्त साहित्य यस अघि ‘पञ्चस्तु’ नामबाट प्रकाशित गरिएकोमा पञ्चस्तुको दोहोरो अर्थ लाग्ने हुँदा पञ्चाङ्ग नामबाट प्रकाशित गरिदिन सर्जकबाट अनुरोध भइ अाए बमोजिम पञ्चाङ्ग नामबाट प्रकाशित गरिएको हो ।