Monday 19th January 2026

शर्मिला श्रेष्ठका झ्याउरे छन्दमा असारे टुक्काहरू


१)रोपाईं गर्न आमाले मेरी पटुकी कसेकी,
सचेत भइ बेलैमा बीऊ छरेर बसेकी।

२)काँधमा हलो बोकेर बाबा हिडेका खेतमा,
अर्निको डालो भरेर आमा दौडिन् अचेतमा ।

३)रोपेर माना फलाऔं मुरी धानको बिटोले,
हातैमा ठेला उठेनी बरु खन्दैछ ठिटोले ।

४)असारे गीत मिलेर सबै रहर गाउँने,
विदेश बाट फर्केको बेला बाबा सघाउँने ।

५)बर्षिदे वर्षा मनग्गे आज रोपाईं गरौँला,
भरोसा मेरो पाकेसी धान भकारी भरौला ।

६)प्रकृति माता नगर्नु हेला आउँनु बेलैमा,
बयान तिम्रो गर्नेछौं हामी दोहोरी खेलैमा।

७)नपुगे पानी कसरी रोप्नु भन्दैछन् किसान,
खडेरी पर्यो पुगेन पानी खेतमा चिसान ।

८)गरिवी रोक्न गरौं है काम आलसी त्यागेर,
राम्ररी सोच्नु पौरख बिना नपाइ मागेर ।

९)बन्धक राखी जादैंछौं हामी पुरै खेतबारी,
साहुले खान्छ नफर्के देश तम्सुक मुसारी ।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...