Friday 3rd April 2026

अगस्टीन राईको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर


कवि नै हुन् साहित्यमा भावनाको नदी,
समागम स्थल हो साहित्यिक समुन्द्री ।


ध्वनी कविताको छ छन्देइलो सरिता,
चुनी अनेकौं विषयवस्तुमा पाइन्छ भविता ।


रूचिकर विषयवस्तुमा श्रृङ्गार भर्छ कथाकार,
कुशलता देखाउँदै नचाउँछ अनेकौं अलङ्कार ।


मान या नमान कथा कथ्य होस् कि लेख्य,
मूल्यहीन हुन्छ यदि नभए श्रोता अनि पाठक मुख्य ।


नटककारमै छ सर्वाधिकार रोमाञ्च साधिकार,
मनोरन्जन दिन्छन् जन्माउँछन् भरपुर कलाकार ।


देखाउँछ जब नाटकमा नायक र नायिकाले अभिनय फटाफट,
बर्सिन्छ दर्शकबाट निरन्तर तालीको गडगडाहट ।


ओज बिचारी उपन्यासकार स्वयं तोक्छ कृतिको आकार,
चरित्र बिचारी रस भरी गर्छन् चित्रण परिष्कार ।


उपन्यास लेखिन्छ मिलाउँदै घट्नाक्रम परिन्यास,
पाठकप्रिय हुन्छ जब भरिन्छ उसमा कलात्मक पद विन्यास ।


गद्यात्मक होस् वा पद्यात्मक स्रष्टा उनै हुन् साहित्यकार,
यसैले उनै हुन् सबैको समग्रमा विधागत हुतीकार ।

१०
कलमकार जब लेख्छ निष्पक्ष समाचार,
त्यसैले दिन्छ गणतन्त्रमा प्रजातान्त्रिक हुङ्कार ।

अगस्टीन राई
पूर्व सिक्किम, भारत


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...