“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर
१
कवि नै हुन् साहित्यमा भावनाको नदी,
समागम स्थल हो साहित्यिक समुन्द्री ।
२
ध्वनी कविताको छ छन्देइलो सरिता,
चुनी अनेकौं विषयवस्तुमा पाइन्छ भविता ।
३
रूचिकर विषयवस्तुमा श्रृङ्गार भर्छ कथाकार,
कुशलता देखाउँदै नचाउँछ अनेकौं अलङ्कार ।
४
मान या नमान कथा कथ्य होस् कि लेख्य,
मूल्यहीन हुन्छ यदि नभए श्रोता अनि पाठक मुख्य ।
५
नटककारमै छ सर्वाधिकार रोमाञ्च साधिकार,
मनोरन्जन दिन्छन् जन्माउँछन् भरपुर कलाकार ।
६
देखाउँछ जब नाटकमा नायक र नायिकाले अभिनय फटाफट,
बर्सिन्छ दर्शकबाट निरन्तर तालीको गडगडाहट ।
७
ओज बिचारी उपन्यासकार स्वयं तोक्छ कृतिको आकार,
चरित्र बिचारी रस भरी गर्छन् चित्रण परिष्कार ।
८
उपन्यास लेखिन्छ मिलाउँदै घट्नाक्रम परिन्यास,
पाठकप्रिय हुन्छ जब भरिन्छ उसमा कलात्मक पद विन्यास ।
९
गद्यात्मक होस् वा पद्यात्मक स्रष्टा उनै हुन् साहित्यकार,
यसैले उनै हुन् सबैको समग्रमा विधागत हुतीकार ।
१०
कलमकार जब लेख्छ निष्पक्ष समाचार,
त्यसैले दिन्छ गणतन्त्रमा प्रजातान्त्रिक हुङ्कार ।
अगस्टीन राई
पूर्व सिक्किम, भारत